राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको घेरा तोडेर विजयी भएका सोनाम ग्याल्जेन शेर्पालाई बधाई दिँदै उनले गठबन्धनका लागि यो अन्तिम ‘उत्सव’ भएको बताएका हुन् ।
रिमालले सामाजिक सञ्जालमा चौतर्फी घेरा तोडेर विजयी हुने शेर्पालगायत सम्पूर्ण प्रतिस्पर्धी उम्मेदवार तथा सहयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।ट्विटरमा उनले लेखेका छन्, ‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ । स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरू चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मेहनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरू छन् । सतर्क होऔं !