BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

महासङघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले हिजो (सोमबार) विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैङ्क तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गरी गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।

‘पेट्रोलियम पदार्थ प्रत्यक्ष रूपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्नेगरी नेपाल आयल निगमले पटक–पटक मूल्यवृद्धि गर्नु दुःखद् हो,  मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासङ्घले थप निर्णय लिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय