BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।

नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका र जसमा १५ जना नेपाली खेलाडी रहेको आईपीएलले जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदाबादका दुई टोली थपिएपछि क्लबको सङ्ख्या १० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय