BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेकपा एमालेका नेता आनन्द पोखरेलले सरकारलाई चाँडो स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेका छन् । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले सो कुरा बताएका हुन् ।

कार्यक्रम बोल्दै उनले भने, ‘एमाले बलियो छ भन्ने डरले निर्वाचन नै नगर्ने कुरा हुँदैन । त्यसैले सरकारले चाँडोभन्दा चाँडो स्थानीय निर्वाचनको तयारी गर्नुपर्छ । यो निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद छ । संविधान र कानुनप्रति नै आशङ्का जन्माउने काम सरकारले गर्नुहुन्न ।’

उनले भने, ‘ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शङ्का तथा उपशङ्का अनि आशङ्का जन्मिएको छ, यो आशङ्का मेटाउने गरी पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ ।’

खासगरी सरकारको नेतृत्व गरेकाले शेरबहादुर देउवाले जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुहुन्छ ?, उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय