इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । मङ्गलबार राति ब्राइटनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि दुवै टिमले एक–एक अङ्क बाँडेका हुन् ।
सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीले ब्राइटनसँग अङ्क बाँडेको हो । खेलको २८औँ मिनेटमा हाकिम जियचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
६०औँ मिनेटमा अदाम वेबस्टरले गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काए । त्यसपछि खेलमा थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै तेस्रो स्थानको चेल्सीले २३ खेलमा ४४ अङ्क बनाएको छ । उसले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अङ्कले पछाडि परेको छ ।
पराजित ब्राइटन भने २९ अङ्कका साथ नवौँ स्थानमा छ । उसले २१ खेल खेलेको छ ।