BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

मानवअधिकार तथा पत्रकारिताको क्षेत्रमा क्रियाशील नवलपरासीका पत्रकार वृजराज कुशवाह नगद पुरस्कारसहित सम्मानित भएका  छन् ।

मानवअधिकार क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान गरेकामा कदर गर्दै उनलाई ‘स्व.श्री वनारसीप्रसाद बर्मा स्मृति जोखिमपूर्ण मानवअधिकार पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

मधेस मानवअधिकार गृह (माहुरी–होम)ले लामो समयदेखि नवलपरासीमा रही जोखिमपुर्ण अवस्थामा पनि मानवअधिकार उलङ्घनका घटनाको स्थलगत अनुगमन गरी मानवअधिकार आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई अनुकरणीय कार्यवापत् पुरस्कृत गरिएको गृहले जनाएको छ । पुरस्कार एवम् सम्मानपत्र राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख एवम् समारोहका प्रमुख अतिथि सन्तोष आचार्यले हस्तान्तरण गरे ।

माहुरी होमको १४औँ साधारणसभा तथा पाँऔं अधिवेशन अवसरमा कुशवाहलाई १० हजार एक सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । माहुरी होमका सञ्चार सल्लाहकार, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका पूर्वउपाध्यक्ष तथा महासङ्घका केन्द्रीय सभासद् रहेका कपिलवस्तु निवासी पत्रकार वनारसी बर्माको मृत्युपर्यन्त माहुरी होमले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।

माहुरी होमले जोखिमपूर्ण क्षेत्रमा मानवअधिकारका लागि काम गर्ने पत्रकार, मानवअधिकारकर्मी र अधिवक्तालाई यो पुरस्कार दिनेगरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय