BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

सुनसरी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताउनु भएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनिनसकेको बताउनु भयो ।

सभापति शेर बहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलत रुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताउनुभयो । सभापति यसरी नै हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्यायसङ्गत हुनुपर्यो ।’

‘उहाँले विधानलाई टेकेर हिँड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चाँहि हामीले जान्न जरुरी छ । न्यायसङ्गत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै’उहाँले भन्नुभयाे ।

एक फरक प्रसङ्गमा कोइरालाले आम नेपाली जनतामा एमसीसीबारे फैलिएको त्रास चिर्न संसद् मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउनु भयो ।

कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नु पर्ने बताउनु भयो ।

न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताउँदै कोइरालाले प्रधानन्यायाधीश  स्वयंले निकास खोज्नु पर्ने धारणा राख्नु भएको छ । कोइरालाले आउँदाे चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने समेत दोहोर्याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय