BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२-६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो ।

वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने-नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो ।

दुई वर्षअघि चौक पुनः निर्माण गर्दा स्थानीयवासीले शालिक पुनःस्थापना गर्न वीरेन्द्रनगर नगरपालिकालाई दबाब दिएका थिए तर नगरपालिका भने राजनीतिक सहमति बेगर भत्काइएको शालिक पुनःस्थापना गर्न नसकिने भन्दै पन्छिँदै आएको थियो ।

राजा वीरेन्द्र सुर्खेत आएका बेला २०४४ सालमा मुख्य बजार चोकलाई ‘वीरेन्द्रचोक’ नामकरण गर्दै आफ्नै शालिक अनावरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय