BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

संसारका सर्वाधिक धनी व्यक्ति एलन मस्कले अमेरिकी इतिहासमै एक वर्षमा सबैभन्दा धेरै कर तिर्ने भएका छन् ।

सोमबार ट्विट गर्दै उनले यो वर्ष आफूले ११ अर्ब डलर बराबर कर तिर्ने बताएका हुन् । ‘जसलाई कौतुहल छ, मैले यो वर्ष ११ अर्ब डलरभन्दा बढी कर तिर्नेछु,’ विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्कले ट्विटमा लेखेका छन् ।

मस्कले तिर्ने करको धेरै भाग अमेरिकी सङ्घीय कर निकायमा जाने तर त्यसको केही भाग टेस्ला र मस्कको गृहराज्य क्यालिफोर्नियाले पनि पाउने बताइएको छ । कर तिर्ने नगद उठाउनका लागि गत केही सातामा मस्कले १४ अर्ब अमेरिकी डलर बराबरको आफ्नो शेयर बेचेका थिए ।

ब्लुमबर्ग बिलियनेयर इन्डेक्सले मस्कको कुल सम्पत्ति करिब साढे दुई खर्ब अमेरिकी डलर आकलन गरेको छ । गत साता टाइम म्यागजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय