BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित एउटा व्यक्तिको मात्र विजय नभई पार्टी रूपान्तरित गर्ने यात्राको प्रारम्भ  भएको बताएका छन् ।

‘यो कुनै व्यक्तिको जित होइन, गुटको विजय पनि होइन । सिङ्गो नेपाली काङ्ग्रेसलाई  नयाँ ढङ्गले सुरुआत गर्ने यात्राको प्रारम्भ हो,’ जितपछि सानेपास्थित पार्टी कार्यालय पुगेका उनले भने, ‘फरकफरक विचार समूहमा रहेका सबै साथीहरूको मत प्राप्त गरेर जित्नु भनेको सिङगो काङग्रेसलाई सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भनेजस्तै भावनामा गाँस्नु हो ।’

भर्खरै सम्पन्न मतगणनामा उनी खसेको ४६७९ मतमध्ये १८२४ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन् । उनीसहित गगन थापा २८२३ मत ल्याएर महामन्त्रीमा विजयी भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय