BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा करिब ३ महिना अघि गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७३/०७४ को भन्दा अहिले २६ प्रतिशतले हिउँ चितुवाको सङ्ख्यामा वृद्धि भएको पाइएकाे हाे ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ०७३/०७४ को सर्वेक्षणमा २२२ वटा हिउँ चितुवा रहेको थियो तर करिब तीन महिना अघिको गरिएको सर्वेक्षणमा तीन सय वटाभन्दा बढी रहेकाे देखिएकाे छ । तर, गणनाको अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

साथै निकुञ्जमा झारलको सङ्ख्यामा समेत उल्लेख्य रुपमा वृद्धि भएको अनुमान गरिएको छ । करिब आधा दशक अघि फाट्टफुट्ट रुपमा मात्रै देख्न पाइने झारल अहिले प्रशस्त मात्रामा देखिने गरेको प्रत्यक्षदर्शी दावा शेर्पाले बताउनुभयो ।

निकुञ्ज क्षेत्रमा बासस्थान बढेसँगै वन्यजन्तुहरु बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । विगतमा स्थानीयवासी वन पैदवारमा बढी सक्रिय हुँदा वन्यजन्तुको बासस्थान कम हुँदै गए पनि पछिल्लो केही वर्षयता स्थानीयवासी आफैँ वनजङ्गल संरक्षणमा जुटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

उहाँका अनुसार केही वर्ष पहिला खुम्बु क्षेत्रमा घर निर्माण गर्दा अत्याधिक मात्रामा रुख विरुवाको फँडानी भएकाे थियो । तर अहिले घर निर्माणमा प्लाइउड तथा फलामका सामग्रीहरु प्रयोग गर्ने क्रम बढेसँगै वन जङ्गल फँडानी हुने क्रम केही घटेकाे निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय