BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ ।

अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ ।

यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागू गरिएको बीबीसीले जनाएको छ । साथै राष्ट्रपति बाइडेनले स्वास्थ्यका मापदण्ड र खोपसम्बन्धी यसअघिका नियम पालना गर्न आग्रह गर्नुभएको छ ।

न्युयोर्कमा पाँच तथा मिनेसोटा, कोलोराडो र क्यालिफोर्नियामा अहिलेसम्म एक/एक जनामा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्यका अधिकारीले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षण देखिएको बताएका छन् । यस्तै दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट फेला परेपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

सङ्क्रमण पुष्टि भएका ६६ र ४६ वर्षका ती दुई पुरुषलाई निगरानीमा राखिएको छ । बुधवारदेखि नै लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बङ्ग्लादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्न थालेको छ । ती देशबाट भारत आउने यात्रुको परीक्षण गर्ने र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइने छैन ।

कोभिड पुष्टि नहुनेले सात दिन घरमा क्वरेण्टीन बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ । विश्व स्वास्थ्य सङ्गठनले अघिल्लो हप्ता नयाँ भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय