BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं । कतार विश्वकप २०२२ का लागि दक्षिण अमेरिका छनोटमा ब्राजिल अपराजित रहेको छ । छनोटका चार खेल खेल्दा चारवटैमा जित निकाल्दै ब्राजिलले १२ अंक जोडेर शीर्ष स्थानमा आफूलाई पुर्‍याएको छ ।

मंगलबार राति उरुग्वेको घरेलु मैदानमा भएको खेलमा ब्राजिलले २-० को जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ब्राजिलको जितका लागि आर्थुर मेलो र रिचार्लिसनले एक-एक गोल गरे ।

खेलको ३४औं मिनेटमा आर्थुर मेलोले गोल गर्दै पाहुना टोली ब्राजिललाई अग्रता दिलाएका थिए । उनले गाब्रिअल जेससको पासमा गोल गर्दै ब्राजिललाई खेलमा अगाडि बढाएका हुन् ।

त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रिचर्लिसनले थप एक गोल गरे । उनले लोडीको पासमा गोल गर्दै पहिलो हाफमा ब्रजिललाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा भने दुवै टोलीको कुनै थप गोल हुन सकेन ।

दोस्रो हाफमा घरेलु टोली उरुग्वे १० खेलाडीमा समेटिएको थियो । खेलको ७१औं मिनेटमा स्ट्राइकर एडिन्सन काभानीले सोझै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो । पराजित उरुग्वे पाँचौं स्थानमा छ । उरुग्वेले चार खेलमा दुई जित र दुई हारसहित ६ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय