BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

मङसिर १६ गते । कोभिड–१९ युनिफाइड ‘वीर’ अस्पतालले आजदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ । कोरोनाको उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको अस्पतालले जनाएको हो ।

स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पतालले बिहीबारदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिनुभयो । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ ।

‘घरमा बसेका बिरामीले केही परामर्श तथा उपचार सेवा लिनका लागि टेलिमेडिसिन सेवा धेरै प्रभावकारी हुन्छ,’ डा.बस्नेतले भन्नुभयो ।

डा. बस्नेतका अनुसार विशेषज्ञ चिकित्सकले ‘टेलिमेडिसिन सेवा’ को माध्यमबाट बिरामीले आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने छन् ।

टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन् ।

मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) देखा परेको अवस्थामा टेलिमेडिसिन सेवा प्रभावकारी हुने चिकित्सकले बताएका छन् ।

हाल वीरमा कोभिडका लागि दुई सय बेड सञ्चालनमा छन । जसमा एक सय जनरल, ५० आइसीयू र ५० एचडीयू बेड सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय