BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

त्रिभुवन ​विमानस्थलकाे अन्तर्राष्ट्रिय टर्मिनलभित्र वैदेशिक राेजगारीमा जाने श्रमिकहरुकाे लागि विश्राम कक्षकाे निर्माण गरिएकाे छ । हिजाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्राम कक्षकाे उद्घाटन गर्नुभएकाे हाे ।

वैदेशिक श्रम गन्तव्यमा जाने नेपाली श्रमिकहरुलाई श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि  नै श्रमिकहरू बस्न मिल्ने गरी विश्राम कक्ष बनाइएकाे हाे । ३० जना जति अट्ने गरि बनाइएकाे कक्षमा फ्री वाइफाइ, चार्जिङ प्वाइन्ट, टिभी, खानेपानी र उडानबारे थाहा पाउन डिजिटल डिस्प्लेकाे व्यवस्था गरिएकाे छ । श्रमिक कुनै समस्यामा परेमा फाेन गर्नुपरेमा फाेनकाे पनि व्यवस्था गरिएकाे छ ।

विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले नेपाली श्रमिककाे लागि विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताउनुभयो । नेपाली श्रमिक विदेशी देशको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर उनीहरूका लागि राज्यबाट विदेश जानका लागि समेत कुनै सुविधा प्रदान नगरेको भन्दै आफूले सके जति सेवा दिने प्रयास गरेकाे उहाँकाे भनाइ थियाे ।

यस्तै विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा हिजैदेखि शटल बस सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीन वटा माइक्रोबसलाई शटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय