BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबेदार डाक्टर शेखर कोइराला विरुद्ध मोरङमा भएको घेराबन्दी तोडिएको छ । मोरङको १४ औं जिल्ला अधिवेशनमा कोइरालाले डिगबहादुर लिम्बूलाई अघि सारेका थिए । केन्द्रीय सभापतिको दाबीमा कमजोर देखाउन कोइरालाले समर्थन गरेको उम्मेद्वारका विरुद्ध संस्थापन इतरपक्षका नेताहरु पनि उभिएका थिए ।

कोइराला पक्षका उम्मेद्वार लिम्बूका विरुद्ध रामचन्द्र पौडेल, प्रकाशमान सिंह पनि सभापति शेरबहादुर देउवा निकट उम्मेद्वार दिपिल गच्छदारको पक्षमा उभिए । जिल्ला अधिवेशनमा मोरङका नेता महेश आचार्य र बिजयकुमार गच्छदारको समर्थन पनि दिलिपलाई नै थियो । मिनेन्द्र रिजाल भने लिम्बूकाे पक्षमा उभिएका थिए ।

अधिवेशनमा एक्लै भिडेको कोइराला समूहले संस्थापन पक्षका उम्मेद्वारमाथि सानदार बिजयी हात पार्याे । मंगलबार राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लिम्बू १ हजार ९ सय ६ मतसहित बिजयी भए । गच्छदारले एक हजार ४ सय २२ मत प्राप्त गरे ।

‘डाक्टर कोइराला विरुद्धको चौतर्फी घेराबन्दी तोडियो,’कोइराला निकट एक नेताले भने,‘ केन्द्रमा डाक्टरसाबलाई रोक्नका लागि जिल्लामा मोर्चाबन्दी बनेको थियो । तर सबै प्रयास असफल भए।’

कोइराला पक्षमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की नेता कोइराला विरुद्धको घेराबन्दी तोडिएको बताउँछन् । निर्वाचनमा सामान्य मतान्तर हुने आकलन गरेपनि सर्वाधिक मतसहित लिम्बू बिजयी भएको उनको भनाई छ ।

आइतबार भएको निर्वाचनमा सभापतिका तीन दाबेदार मध्ये डिगबहादुर लिम्बूले सर्वाधिक मत प्राप्त गरेका थिए । तर ५१ प्रतिशत नपुगेका कारण मंगलबार पून मतदान भएको थियो ।

मंगलबार भएको निर्वाचनमा कृष्णप्रसाद सिटौला पक्षका उम्मेद्वार यदुकुमार विष्टले देउवा पक्षका उम्मेद्वार दिपिल गच्छदार समर्थन गरेका थिए । संस्थापन पक्षले विष्टको समर्थनपछि आफ्नो जित निश्चित भएको बताएको थियो । तर मत परिणाम आउँदा ठूलो मतअन्तरले लिम्बू बिजयी भए ।

नेपाली काङ्ग्रेस मोरङको पहिलो निर्वाचनमा लिम्बूले १ हजार ५ सय ४४ मत पाएका थिए । गच्छदारले १ हजार १ सय ६६ मत र यदुकुमार विष्टले ५ सय ६३ मत पाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय