BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्।

त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका छन्।

राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर २ बजे मतदान सुरु गर्ने भनिएको थियो । तर समयमा हुन सकेन ।

मतदान हुने आशामा प्रतिनिधिहरु रातभर लाइनमा बसे पनि बिहान मात्र मतदान प्रक्रिया सुरू भएको हो।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।

अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।

केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय