BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काभ्रे- भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णले काभ्रेको बनेपाा योग भवनको उद्घाटन गर्नुभएको छ । बनेपा नगरपालिका वडा नं. ५ मा निर्माण गरेको पक्कि तीन तले भवनको उद्घाटन गनुभएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताउनुभयो । सो क्रममा उहाँले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताउनुभयो ।

आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरु कसैले भौतिक मुल्याङ्कन नगरेपनि आन्तरिक मुल्याङ्कन हुने बताउनुभयो ।

कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पुर्‍याएको छ भने पतंजली योग समितिले गरेको बताउँदै त्यो वेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानको बारेमा शिक्षा दिदै हिंडेको स्मरण गर्नुभयो ।

यसैबीच दुवै जनाले धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन गर्नुभएको छ ।

सो क्रममा त्यहाँका अध्ययनरत विद्यार्थीहरुले कजेल प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई कलेजले तिर्नुपर्ने रकम कलेज प्रशासनले नतिरेका कारण आफुहरुको परीक्षाको नतिजा समेत रोकिएको भन्दै कलेजलाई निर्वाद रुपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग पत्र बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय