BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

प्रधानमन्त्री शेरबहादुर देउवा र दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विषयमा छलफल भएको छ ।

बालुवाटारमा भएको भेटवार्ताक्रममा विदेशमन्त्री लुले संसद्बाट एमसिसी सम्झौता पारित हुनेमा चासो व्यक्त गरेको बालुवाटार स्रोतले जनाएको छ । उनले यो सम्झौता संसद्बाट पारित हुनेमा आशासमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले भने त्यसबारे दलहरूसँग छलफल गर्ने जबाफ दिएका छन् । लुसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहकार्य र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे विचार आदानप्रदान गर्‍यौँ, सहायक मन्त्री लु र उपसहायक मन्त्री कन्डरलिङले कोभिड– १९ महामारी, जलवायु परिवर्तन तथा अन्य साझा हितका मुद्दामा निरन्तर सहयोग र साझेदारीका लागि अमेरिकाको प्रतिबद्धता जनाएका छन् ।’

प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक मान्यता र मानव अधिकार एवं विधिको शासनप्रतिको प्रतिबद्धता दोहो दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसिसीबारे छलफल भएको मन्त्रालयले जनाएपनि के ठोस कुराकानीबारे खुलाइएको छैन ।

‘कोभिड– १९ महामारीविरुद्ध सहयोग, महामारीपछिको पुनस्र्थापना तथा अन्य साझा चासोका विषयबारे छलफल भएको छ,’ परराष्ट्रले भेटवार्तापछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छलफलका क्रममा एमसिसीलगायत अमेरिकाको सहयोग तथा अन्य विकास प्राथमिकताका विभिन्न क्षेत्र पनि समेटिएको जनाइएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकी सहयोग र कोभिड महामारीविरुद्ध खोप उपलब्ध गराएकोमा धन्यवाद दिए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन तथा जलवायु परिवर्तनका कारण नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक असरको पनि त्यस अवसरमा चर्चा भएको थियो ।

विदेशमन्त्री लले परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग पनि भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्तासँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्नेसमेत जनाएको छ ।

अमेरिकामा जो बाइडेन राष्ट्रपति भएपछि दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीहरू फेरबदल भएसँगै दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुको यो पहिलो परिचयात्मक भ्रमण हो ।

बुधबार साँझ मालदिप्स हुँदै काठमाडौँ आएका उनी भ्रमण सकेर आजै स्वदेश फर्कने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय