कर्णाली प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
नयाँ मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका जीवनबहादुर शाहीले मङ्गलबार राति पद तथा गोपनीयताको सपथ लिएका थिए । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएपनि मन्त्रिपरिषद विस्तार भने हुन सकेको थिएन ।
मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरूबीच सहमति हुन बाँकी छ । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएका थिए । नवनियुक्त मुख्यमन्त्री शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।