BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

सरकारले तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन सुरू गरेको छ ।

तिहार मनाउन राजधानी काठमाडौँबाट घर जाने यात्रुहरूलाई लक्षित गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप सञ्चालन गरेको हो ।

खोप लगाउनका लागि यात्रुहरूले उमेर खुल्ने परिचयपत्र देखाउनुपर्नेछ । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरूलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

खोपको कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ। खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय