BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

आइसिसी टी-२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गरेको हो।

भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ४९ रन जोडे। उनले ३५ बलमा ४ चौका र ३ छक्का हिर्काए। त्यसअघि मार्टिन गुपटिल २० रन जोडेर आउट भए।

कप्तान केन विलियमसनले नटआउट ३३ रन जोडे। उनले ३१ बलमा ३ चौका हिर्काए।

बलिङमा भारतका जसप्रित बुमराहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ११० रन मात्र जोड्न सक्यो।

भारतका लागि रवीन्द्र जडेजाले नटआउट २६ रन जोडे। उनले १९ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।

हार्दिक पाण्ड्याले २४ बलमा २३ रन जोड्न सके। ओपनर केएल राहुल १८ रन र इशान किसन ४ रन जोडेर आउट भएका थिए।

रोहित शर्माले १४ रन र कप्तान विराट कोहलीले ९ रन भन्दा बढी जोड्न सकेनन्। रिशव पन्त पनि १२ रनमै आउट भएका थिए।

बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। इश सोधीले २ विकेट लिँदा टीम साउथी र एडम मिल्नेले १-१ विकेट हात पारे।

जारी विश्वकपमा भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो। हारसँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ।

यता पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको न्युजिल्यान्डको भने यो पहिलो जित हो। जितले न्युजिल्यान्डको सेमिफाइनल यात्रा केही सहज भएको छ।

अब सुपर १२ को समूह -२ मा न्युजिल्यान्ड र भारत दुवैले अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्न बाँकी छ।

यो समूहमा पाकिस्तान लगातार ३ जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको अफगानिस्तानको ४ अंक छ भने तेस्रो स्थानको न्युजिल्यान्ड र चौथो स्थानको नामिबियाको २-२ अंक छ। भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय