भरतपुर, १० कात्तिक । भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा कृष्णप्रसाद शर्मा पौडेल निर्वाचित हुनु भएको छ । युनियनको आज सम्पन्न आठौं अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

पौडेलले १३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी विष्णुप्रसाद बास्तोलाले ६२ र डा. दामोदर तिवारीले ४९ मत प्राप्त गर्नुभएको छ ।

युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिव शिवप्रसाद बसेल निर्विरोध निर्वाचित हुनु भएको छ ।

कोषाध्यक्षमा डा.प्रतिक न्यौपाने १४४ मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी अस्मिता ज्ञवालीले १२ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिवमा ८३ मत सहित राजनबाबु तिवारी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी शर्मिला पाठकले ७९ र उत्तम पौडेलले ७५ मत प्राप्त गर्नुभयो ।

सदस्यहरुमा इरिना प्रधान (१४६), बुद्धलाल गुरुङ्ग (१२४), अनुजा खनाल (१२०) र रमा रिजाल (११३) मत सहित विजयी हुनु भएको छ ।

सदस्यहरुमा गौरी शर्मा (१०१), ज्ञानबहादुर भण्डारी (९५), तुलसी थापा (९०) र रनकुमारी लामिछाने (८०) मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय