श्रीमती र छोरीको हत्या आरोपमा इलामका एक पुरूष पक्राउ परेका छन् । इलामको देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका हुन् । उनीमाथि झारफुक गर्ने क्रममा आफ्नै पत्नी र छोरीको टाेकेर हत्या गरेकाे आरोप छ ।
मङ्गलबार बिहान ६ बजे उनले घरभित्र धामी राखेका थिए । घरपरिवारका सदस्य बेलाबेला बेहोस हुने बिरामी हुने गरेका थिए ।
पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोकेका थिए । टोकाइका कारण उनीहरूको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
घटनाको जानकारी पाएलगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ ।