BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

जारी टी-ट्‍वान्टी विश्वकपको सुपर बाह्र अन्तर्गत गएराती सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको सानदार जीत निकालेको छ ।

युएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १९० रनको विशाल रन बनाएको थियो ।

मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रमक ब्याटिङ गर्दै पाँच चौका र तीन छक्कासहित ५९ रनको अर्धशतकीय पारी खेलेका थिए ।

१९१ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको स्कटल्याण्ड १० दशमलव २ ओभरमा ६० रन बनाउँदै अलआउट भएपछि अफगानिस्तानले सानदार जीत निकालेको हो ।

अफगानिस्तानका स्पीनरद्वय मुजिबुर रहमान र रसिद खानले कुल ९ विकेट लिंदै स्कटल्याण्डलाई सस्तैमा समेटेका थिए । यस जीतसँगै अफगानिस्तान समूह दुई मा शीर्ष स्थानमा उक्लिएको छ ।

आज टी-ट्वान्टी विश्वकपको दुई खेलहरु खेलिंदैछन् । पहिलो खेल दक्षिण अफ्रिका र वेष्टइन्डिजबीच दिउँसो ३.४५ बजे खेलिंदैछ भने दोस्रो खेल न्युजिल्याण्ड र पाकिस्तानबीच साँझ ७.४५ बजे खेलिंदैछ ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय