BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काठमाडौं : पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी चर्चामा छन्। दुबैबिचको सम्बन्धलाई लिएर सामाजिक संजाल र मिडियामा धेरै कुरा आउन थालेपछि समीक्षाले स्पष्टीकरण दिएकी छिन्।

समीक्षाले मिडियामा आएजस्तो पलसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएकी छिन्। उनले फेसबुकमा पल र आफ्नो सम्बन्धलाई लिएर तोडमोड गरेर तुच्छ समाचार आएको र आफ्नो चरित्र हत्या गरिएको बताएकी छिन्। साथै यस्ता मानहानी र चरित्र हत्या हुने किसिमका समाचारले आफुलाई निकै दु:खी बनाएको उल्लेख गरेकी छिन् उनले।

‘एउटै इण्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ। म उहाँको सदैव फ्यान पनि हुँ। हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ’ उनले लेखेकी छिन्।

उनले मिडियाहरुलाई आफूहरुको बारेमा झुटा समाचार नबनाउन आग्रह गदै हल्लाका पछि नलाग्न समेत अनुरोध गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय