सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
आज बिहान भे१च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ स्थित बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा बागचौर नगरपालिका वडा नं. १ सल्यान निवासी २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका–२ का अन्दाजी २७ वर्षीय सीता ओली, २८ वर्षीय बबिता रावल र उनकी ११ वर्षीया छोरी एसिका रेउले तथा गाडी चालक बागचौर नगरपालिका–२ का १९ वर्षीय हिक्मत पुन मगर रहेका छन् ।
यस्तै बागचौर नगरपालिका–२ कै १९ वर्षीय अर्जुन केसी रहेका छन् । उनको अवस्था सामान्य छ ।
घाइते अन्य ६ जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी मानिस भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।