चर्चित अडियो सेयरिङ एप क्लबहाउसले एपमै म्युजिक मोड फिचर थप गरिरहेको छ ।
कम्पनीले जनाएअनुसार म्युजिक मोड फिचरले क्लब-हाउस एपमा लाइभ म्युजिक बजाउने र सुन्ने सुविधा दिनेछ । म्युजिक मोड फिचरले म्युजिकको गुणस्तर उच्च र स्टिरियो साउन्डसहित सङ्गीत प्रसारण गर्ने छ । प्रयोगकर्ताहरूले क्लबहाउसको रुमको माथिल्लो दाहिने कुनामा तीनवटा डट भएको ठाउँमा ट्याप गरेर अडियो गुणस्तर चयन गरी म्युजिक छनौट गर्न सक्ने छन् ।
म्युजिक मोड फिचर पहिला आइओएसमा रोल आउट हुने भएको छ भने एन्ड्रोइडको लागि सो सुविधा केही पछि उपलब्ध हुने जनाइएको छ । यस्तै सुविधा ट्विटर र अमेजनले पनि सुरु गर्न लागेको छ । ट्विटरले ‘टिकेटेड स्पेस’ नाम दिएर चर्चित कलाकारलाई आफ्नो एपमै म्युजिक शाे चलाउन दिने सुविधा ल्याउन लागेको जनाएको छ ।