BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छिन् । तर, अल्पमतमा रहेकाले ५४ दिनमै उनको कार्यकाल सकिने लगभग तय छ । उनी २ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना पूरा हुने अघिल्लो दिन विश्वासको मत लिन थालेकी हुन् । उनी नेपालको पहिलो महिला मुख्यमन्त्री पनि हुन् । एमाले विभाजनले उनको पद धरापमा परेको हो ।
शुक्रबार मुख्यमन्त्री शाक्यको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिव कृष्णहरि खड्कासमक्ष विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना बुझाएका थिए । सचिव खड्काले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाउनेबारे आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने बताए । ‘संसद्मा के–कस्ता विषय प्रवेश गराउनेबारे निर्णय कार्यव्यवस्था परामर्श समितिले गराउनेछ,’ उनले भने, ‘संवैधानिक प्रावधानअनुसार आइतबार नै विश्वासको मत लिने प्रस्ताव अगाडि बढ्न सक्छ ।’
संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । शाक्यले विश्वासको मत लिने तयारीस्वरूप २४ असोजमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेकी थिइन् ।

प्रदेश सभाको अंकगणितअनुसार मुख्यमन्त्री शाक्य प्रस्ट अल्पमतमा छिन् । हाल प्रदेश सभामा कायम एक सय नौ सांसद छन् । विश्वासको मत प्राप्तका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ, तर एमालेमा ४३ सांसद मात्र छन् ।
प्रदेश सभामा विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ । माओवादी केन्द्रका २३, कांग्रेस २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । गठबन्धनमा रहेका दलहरूबीच प्रदेश सभामा ५८ मत छन् । यी तीन दलबाहेक नेमकिपा दुई, राप्रपा दुई, विवेकशील साझा तीन र स्वतन्त्र एकको समर्थन जुटाए पनि शाक्यको पक्षमा ५१ मत मात्रै हुनेछ ।
शाक्य एकल बहुमत (५६) सांसदको समर्थनसहित मुख्यमन्त्री बनेकी थिइन् । तर, एमाले विभाजनमा १३ सांसदले नेकपा एस रोजेका छन् । गठबन्धनमा रहेका दलहरूबीच बागमती र प्रदेश १ मा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भएको छ । यसअनुसार नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्दै छ । गठबन्धनमा रहेका दलहरू शाक्यले संसद्मा विश्वासको मत नपाएसँगै नयाँ सरकार बनाउने तयारी थालिसकेका छन् ।
एमालेले यसअघि गण्डकी र लुम्बिनीमा आफ्नो नेतृत्वको सरकार गुमाइसकेको छ । नयाँ पत्रिका

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय