BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, २ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढ ५ करोड नाघेको छ । बितेको २४ घन्टामा पाँच लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ३२ हजार ३ सयको मृत्यु भएको छ । विश्वभर ३ करोड ८४ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । एक करोड ५५ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८८ लाख ७४ हजार संक्रमितमध्ये एक लाख ३० हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५८ लाख ७६ हजार संक्रमितमध्ये एक लाख ६६ हजारको मृत्यु भएको छ ।

यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा १९ लाख ९१ हजार संक्रमित संख्यामध्ये ४५ हजारको मृत्यु भइसकेको छ ।

रुसमा १९ लाख ४८ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख २१ हजार संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १३ लाख ९० कोरोना संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ । इटालीमा १२ लाख संक्रमितमध्ये ४५ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय