BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज (बिहीबार) बिहान बस्दै छ ।

सबै दललाई निम्ता गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको छ । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न देउवाले बैठक आह्वान गरेका हुन् ।

संसद् सचिवालयले पनि संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको जनाएको छ । संसदमा अवरोध गरिरहेको प्रमुख विपक्षी एमाले पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा जाने भएको छ ।

यसअघि सभामुख अग्नि सापकोटाले बोलाइएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । तर प्रधानमन्त्रीले बोलाएको बैठकमा गएर एमालेले आफ्ना कुरा एवम् विषयवस्तु राख्ने भएको छ ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आइरहेको छ । संसदमा अवरोध जारी रहेपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएर सर्वदलीय बैठक बोलाएका हुन् ।

संसदको गतिरोध अन्त्य गर्ने विषयमा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच दुई पटक भेटवार्ता भइसकेको छ । प्रधानमन्त्रीले एमालेसँगको सम्बन्ध सुधारका लागि प्रयत्न जारी राखेका बेला कार्कीले बालकोटस्थित निवासमै पुगेर ओलीलाई भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय