प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धीको अध्यादेश खारेज गर्ने मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सोमबार मध्यान्ह चार बजे बस्ने गरी प्रधानमन्त्री देउवाले अध्यादेश खारेज गर्न बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गरिएको बुझिएको छ ।
मन्त्रिपरिषदको निर्णयलगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।
गठबन्धन नेता पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका थिए ।