रत्ननगरमा आज आयोजित १४औ महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिबेशनको उम्मेदवारी घोषणा कार्यक्रममा सभापति पदका उम्मेदवार सापकोटाले कांग्रेसलाई एकतावद्ध र बलियो पार्टी बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
पार्टीलाई एकतावद्ध बनाउँदै रत्ननगरमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । आफू नगर सभापति निर्वाचित भएपछि कुनै पनि दोहोरो भूमिका हुने गरी पदीय हैसियतमा नरहने समेत उनले घोषणा गरेका छन् । आफू नगर सभापति भए पछी स्थानिय निर्वाचनमा उम्मेद्बार नबन्ने समेत बताए ।
पटक–पटक एकै व्यक्तिले पार्टीको नेतृत्व सम्हाल्दा नेतृत्व प्रति नै कार्यकर्ताको विश्वास घटेकाले आफू दोहो¥याएर समेत सभापति हुने चाहना नरहेको उनले बताए ।
उनले अघिल्लो स्थानिय निर्वाचनमा रत्ननगरमा कांग्रेस बलियो बन्न नसक्दा हार बेहोरेको वताउदै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्ने गरि सिङ्गो पार्टी एक बनाउन अभियान लाग्ने बताए ।
उनको प्यानलबाट उप सभापतिमा केदारमान बाइवा र शिवकान्त पौडेल, सचिवमा तिर्थराज सुवेदी र विरेन्द्र महतो, सह–सचिवमा अमृत मल्ल र गोबिन्द भट्टराईको उमेदवारी रहेको छ ।
नगर सदस्यमा सापकोटाको प्यानलबाट सुर्य विक्रम चौधरी,जनार्दन सिंखडा,निलु खतिवडा,देवराज महतो,सत्यनारायण चौधरी,दिपु श्रेष्ठ,संजिव बस्नेत,लक्ष्मी चौधरी,निरज अधिकारी,जितबहादुर स्याङ्तान,हरि लामिछाने,सुनिता बगाले पौडेल,रामकृष्ण मन्त,रामचन्द्र दुवाडीले उम्मेदवार घोषणा गरेका छन् । काँग्रेसका नेता छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु शुशीला उप्रेती,उत्तम आचार्य,बासुदेव ढुंगाना लगायतले मन्तव्य राखका थिए । नगर अधिबेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ४२३ जनाले मतदान गर्ने छन् ।