BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

विश्वमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् ।

त्यही अवधिमा साढे पाँच लाखभन्दा बढी निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन विश्वमा चार लाख दुई हजार आठ सय १७ जना नयाँ बिरामी थपिएका हुन् । पाँच लाख ६० हजार नौ सय ४४ जना निको भए ।

थपिएका नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या एक लाख ५८ हजार एक सय २७ ले धेरै छ । विश्वमा हालसम्म २२ कोड ५९ लाख ९९ हजार एक सय ९६ जनामा कोरोना यकिन भइसकेको छ । २० करोड २६ लाख ४७ हजार तीन सय ४५ जना निको भइसकेका छन् ।

एक करोड ८७ लाख चार सय ४० जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख दुई हजार पाँच सय १४ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन विश्वमा कोरोनाका कारण छ हजार पाँच सय २३ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४६ लाख ५१ हजार चार सय ११ पुगेको छ ।

अमेरिकामा ८३ हजार दुई सय ८० जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा एक लाख तीन हजार ९५ जना निको भए । हालसम्म चार करोड २० लाख ६६ हजार पाँच सय ३५ जना अमेरिकी नागरिकमा कोरोना यकिन भइसकेको छ ।

तीन करोड २० लाख १० हजार दुई सय ४८ जना उपचारपछि निको भइसकेका छन् । ९३ लाख ७६ हजार सात सय ५७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये २५ हजार पाँच सय ७३ जनाको अवस्था गम्भीर छ ।

एकै दिन अमेरिकामा छ सय ४५ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख ७९ हजार पाँच सय ३० पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा २४ हजार चार सय ७९ जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा ३९ हजार नौ सय ४३ जना निको भएर घर फर्किएका छन् । हालसम्म तीन करोड ३२ लाख ८८ हजार २१ जना भारतीय नागरिकमा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये तीन करोड २४ लाख ७६ हजार छ सय ४७ जना उपचारपछि निको भइसके । तीन लाख ६७ हजार नौ सय ९९ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा एकै दिन चार सय ६८ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ४३ हजार तीन सय ७५ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा दैनिक सङ्क्रमण १० हजारभन्दा तल झरेको छ । एकै दिन छ हजार छ सय ४५ जना नयाँ बिरामी थपिए । २६ हजार दुई सय ६२ जना कोरोनामुक्त बने ।

हालसम्म दुई करोड २० लाख छ हजार चार सय २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दुई करोड ७६ लाख सात सय ३३ जना उपचारपछि निको भइसकेका छन् । तीन लाख ४२ हजार छ सय २५ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा कोरोनाका कारण एक सय ८४ जनाको मृत्यु भयो  । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ८७ हजार ६६ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुुलुक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय