BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

साताको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ ।

आइतबार नेप्से २.४८ प्रतिशत अर्थात ७१.४३ अङ्कले बढेर २९४७.४२ अङ्कले बढेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स समेत २.४३ अर्थात १३.०३ अङ्कले बढेर ५४८.२९ विन्दुमा पुगेको छ ।

पुँजी बजारमा नाै अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस दिन दुई सय ३१ कम्पनीको एक करोड ७१ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका हुन् । म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचक बढेका छन् ।

उपसूचकमा हरियाली

 

हाइड्रोपावर उपसूचक सबैभन्दा बढी ६.३७ प्रतिशतले बढेको छ । म्युचुल फन्डमा ०.२९ प्रतिशतको झिनो गिरावट आएको छ ।

यस दिन आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रोपावर,नेसनल हाइड्रो, राष्ट्रिय बिमा संस्थानको संस्थापक सेयरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । एक सय ७१ कम्पनीको सेयर मूल्य उकालो लागेको बजारमा जम्मा १२ कम्पनीको मूल्य घटेका छन् ।

सर्वाधिक कमाउने कम्पनीहरू

 

त्यस्तै, सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा बढी ३.५८ प्रतिशतले गुमाएका छन् । घट्ने कम्पनीहरूमा अधिकांश म्युचुअल फन्ड छन् ।

सर्वाधिक गुमाउने कम्पनीहरू

 

यस दिन अरुणभ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ७३ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख बढीको खरिदबिक्री भएका छन् ।

सर्वाधिक कारोबार हुने कम्पनीहरू

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय