BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमसिसी उपाध्यक्षलगायतको पुत्ला दहन गरिएको छ । प्रदर्शनमा उत्रिएका युवाहरूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा प्रधानमन्त्री देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमारसहितको पुत्ला जलाएका हुन् ।

उनीहरूले  एमसिसीको पक्षमा रहेका जसपा नेता डाक्टर बाबुराम भट्टराईको पनि पुत्ला दहन गरेका छन् । चार दिने नेपाल भ्रमणमा रहेकी सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

हिजो प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनले शुक्रबार सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटिन् ।

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय