BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आगामी दिनमा पनि संसद बैठक चल्न नदिने बताएका छन् । सचिव भट्टराईले कोसी अनलाइनसँग कुरा गर्दै सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष नभएसम्म संसद बैठक चल्न नदिने बताएका हुन् ।

उनले भने, ‘संसदको आगामी बैठक सञ्चालन हुने/नहुने कुरा अब सभामुख सापकोटाको भूमिकामा निर्भर गर्छ ।’ एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले सूचना प्रकाशन नगरी पूर्वाग्रहपूर्ण व्यवहार गरेको नेता भट्टराईको आरोप छ ।

साथै नेता भट्टराईले सभामुख अग्निप्रसाद सापकोटामाथि एमाले विभाजन गराएको आरोप लगाएका छन् । उनले भने, ‘सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ ।’

‘विगतमा अरू पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना प्रकाशीत गरेर उनीहरूलाई पदमुक्त गर्ने अनि एमालेले पार्टीको अनुशासन वा ह्वीप उल्लङ्घन गरेका सदस्यलाई कारबाही गरेको पत्र सभामुखलाई दिँदा पनि उनीहरूलाई कारबाही नगरी पत्रलाई थन्क्याएर राख्न मिल्छ ?’  भट्टराईले भने, ‘यो सभामुखको व्यवहारले संसद चलाउन होइन, हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको प्रष्ट बुझिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय