BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४६ लाखनजिक पुगेको छ ।

हालसम्म ४५ लाख ९७ हजार दुई सय ७१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ हजार १६ जनाको मृत्यु कोरोनाका कारण भयो । विश्वमा दैनिक सात हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ ।

एकै दिन विश्वमा चार लाख ७९ हजार तीन सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । सङ्क्रमितको सङ्ख्या २२ करोड २६ लाख नौ सय ९० पुगेको छ । १९ करोड ९१ लाख ४१ हजार चार सय ९४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच लाख नौ हजार दुई सय १२ जना कोरोनामुक्त बने । एक करोड ८८ लाख ६२ हजार दुई सय २५ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख चार हजार छ सय ७६ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।

अमेरिकामा एकै दिन छ सय ७७ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख ६८ हजार एक सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८१ हजार चार सय ३९ जना नयाँ बिरामी थपिए ।

अहिलेसम्म चार करोड ११ लाख तीन हजार आठ सय ४९ जना अमेरिकी नागरिकमा कोरोना यकिन भइसकेको छ । तीन करोड १४ लाख ८० हजार सात सय १९ जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५७ हजार छ सय ७८ जना सङ्क्रमणमुक्त बने ।

८९ लाख ५४ हजार नौ सय ८६ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये २५ हजार पाँच सय ३० जनाको अवस्था गम्भीर छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा एकै दिन तीन सय ५८ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ४१ हजार चार सय ३३ पुगेको छ । २४ घण्टाभित्र ३८ हजार एक सय १६ जना नयाँ बिरामी थपिए ।

तीन करोड ३० लाख ९५ हजार चार सय ३६ जना भारतीय नागरिकमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये तीन करोड २२ लाख ५६ हजार चार सय ३४ जनाको उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किसकेका छन् । एकै दिन ३८ हजार नौ सय ७२ जना कोरोनामुक्त बने ।

तीन लाख ९७ हजार पाँच सय ६९ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र तीन सय पाँच जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ८४ हजार एक सय ७१ पुगेको छ । एकै दिन १३ हजार छ सय ४५ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या दुई करोड नौ लाख १३ हजार पाँच सय ७८ पुगेको छ । एक करोड ९८ लाख ९४ हजार छ सय ६० जना उपचारपछि निको भएका छन् ।

चार लाख ३४ हजार सात सय ४७ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय