BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

चितवन, भदौ १९ । प्रेस चौतारी नेपाल चितवन शाखाले जोखिम पत्रकारिता पुरस्कारबाट चितवनका दुई जना पत्रकारलाई सम्मान गरेको छ।

चौतारीले आज आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई रु १० हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

सो अवसरमा राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाज बन्नुपर्ने बताइन्।

नेकपा एमाले चितवनकी अध्यक्षसमेत रहेकी रावलले एउटा सूचनाले जीवन जोगाउन र जीवन जान पनि सक्ने भएकाले यसप्रति पत्रकार सजग र सचेत हुनुपर्ने बताउँदै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिइन्।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल वाग्मती प्रदेश सहसंयोजक शिशिर सिंखडा, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सङ्गठन चितवनका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले पछिल्ला दिनमा पत्रकारिता क्षेत्रमा जोखिम बढ्दै गएको बताए।

प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय