BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

नेवाज मल्टी प्रपोज सोसाइटी तथा सिआरसी द्वारा रत्ननगर नगरपालिका वडा नं. १४ गैरीगाउँका शारीरिक विकलांग नेत्रमान श्रेष्ठलाई व्हिलचेयर प्रदान गरिएको छ ।
आर्थिक अवस्था अति नै कमजोर भएको कारण सामान्य नशाको समस्याले ग्रस्त श्रेष्ठ उपचारको अभावमा पुर्ण रुपमा विकलांग जीवन बाँच्न बाध्य हुनुपरेको कुरा उनी लगायत उनका परिवारजनले बताए ।
उनको पारिवारिक आर्थिक अवस्था कोविड १९ को कारणले अर्थोपार्जनको कुनै विकल्प पनि नरहेको बारेमा स्थानीय सचेतक राजेश परियारले सोसाइटीका अध्यक्ष देवेन्द्र श्रेष्ठलाई जानकारी गराएपछी सोसाइटीका अध्यक्ष श्रेष्ठको अगुवाइमा सोसाइटीका सदस्य दिनोज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, युवा समाजसेवी सन्जय लामा लगायतका ब्यक्तित्वहरुको उपस्थितिमा व्हिलचेयर सहित चामल, दाल र क्वाटी लगायतका दलहन सामाग्री वितरण गरिएको थियो ।
४ सन्तान लगायत ६ जना संख्याको परिवारमा कमाउने घरमूली नै अपांगताको नियती खेप्दै बाँच्नुपरेको अवस्थामा कोविडको संक्रमित अवस्थाले जीविकोपार्जन गर्न मुश्किल परेको अवस्थामा गैरीगाउँवासीलाई नगरपालिकाको पहलकदमीमा वितरित राहतमा बिभेदिकरण गरीएको र विभिन्न सहयोगी संस्थाहरुले राहत वितरण गर्न आउँदा प्रहरी प्रशाशन लगाएर जनप्रतिनिधिलाई जानकारी नदिइ किन वितरण गरिएको भन्दै उक्त समयमा पनि वितरण गर्न असहज स्थिती सिर्जना गरेकोमा जनप्रतिनिधिहरुको अकर्मण्य अमानवीयता प्रति रोष प्रकट गरेका थिए ।
जिल्ला प्रशाशन कार्यालयको आदेश बिपरित ब्यक्तिगत तथा व्यवशायिक आय आर्जनको नियत राखी नदीजन्य बस्तु उत्खनन् तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउँदा पनि जनप्रतिनिधिको घर नजिकै कयरखोलामा ट्र्याक्टरको नम्बर प्लेट अस्पष्ट भएको निलो ट्र्याक्टरले गिट्टिबालुवा दिनदहाडै बोक्दा आँखा नदेख्ने र गरीवलाई राहत वितरण गर्न आउँदा राहत वितरणमा प्रतिबन्ध लगाउन प्रहरी खटाउनेहरुलाई सोही अवस्थामा अवैध रुपमा कयर खोलाबाट गिट्टी बालुवा ढुवानी गर्दै गरेको ट्र्याक्टर तर्फ इंगित गर्दै आगामी चुनावमा हाल विजयी जनप्रतिनिधिहरुलाई  बस्ती पस्न पनि चुनौती दिएका छन् ।

रत्ननगर नगरपालिका वडा नं. १४ अन्तर्गत करीव ४ सय घर धुरी रहेको गैरीगाउँको सुकुम्बासी क्षेत्रलाई भोट बैंकको रुपमा प्रयोग गरिएको र भोलिको दिनमा गैरीगाउँवासीलाई पक्षपात गर्ने कसै माथि भोलिका चुनावी आश्वाशन दिँदा भ्रममा नपर्न स्थानीय एक अगुवाले सबैलाई खबरदारी गरेका थिए ।

दीर्घकालीन आय आर्जनको लागि नेवाज मल्टी प्रपोजले शीघ्र नै अति बिपन्न परिवारको लागि आयमुलक स्रोत सन्चालन गर्न शीपवानहरुलाई सिलाई मेशिन प्रदान गरिने प्रतिवद्दता सोसाइटीका अध्यक्ष देवेन्द्र श्रेष्ठले स्थानीय गैरीगाउँवासीलाई आश्वस्त तुल्याएका छन् ।
कोविड १९ को कारणले रोजगार विहिन भएका अति बिपन्न २ हजार परिवारको लागि लाखौंको राहत सामाग्री वितरण गरिएको बारेमा पनि श्रेष्ठले स्मरण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय