रवि रोषी / गोरखा

लायन्स क्लव अफ चितवन राइनोसिटीबाट गोरखा जिल्लाको मकैसिंग गाउँपालिकाका ४० घरधुरी चेपाङलाई आज राहत वितरण गरिएको छ ।

गामवेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले उक्त गाउँमा खाद्यान्न अभावको बारेमा जानकारी गराएपछि लायन्स क्लव अफ चितवन राइनोसिटीले सो क्षेत्रका अति विपन्न सीमान्तकृत चेपाङ समुदायहरुलाई लक्ष्यित गरी ८० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

https://www.youtube.com/watch?v=SpN2-2eRI5s&ab_channel=RabiRoshi
लायन्स क्लव अफ चितवन राइनोसिटीका अध्यक्ष लायन भुपेन्द्र धितालको सभापतित्वमा वितरण गरिएको राहत वितरण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि टु नेपालका प्रथम भाइस गभर्नर राम प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो भने डिस्ट्रिक्ट डेपुटी गभर्नर दिपेन्द्र खतिवडा, अतिथीमा लायन्स क्लव इन्टरनेशनल ३२५ बि टु का जोन चेयरपर्शन ओमलाल सापकोटा, लायन्स क्लव अफ चितवन राइनोसिटीका पूर्व कोषध्याक्ष दिनेश कँडेल, तृतिय भाइस प्रेसिडेन्ट हरि अधिकारी, लियो विष्णु लामीछाने, लियो प्रदीप पराजुलीको उपस्थिती रहेको थियो ।


राहत वितरण समारोहको क्रममा अध्यक्ष भूपेन्द्र धितालले चेपाङ समुदायलाई हिजोको दिनहरुमा पनि विभिन्न स्थानमा राहत वितरण कार्यक्रमहरुको आयोजना गरी लक्ष्यित वर्गमा वितरण गरिएको र अब भोलिको दिनमा उनीहरुलाई आत्मनिर्भर बनाउन संस्थागत अभियान अन्तर्गत विभिन्न अर्थमूलक परियोजना बनाउने बारेमा बताउनुभयो । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि टु नेपालका प्रथम भाइस गभर्नर राम प्रसाद भट्टको शिक्षा सुझावलाई मनन गर्दै अति नै जेहेन्दार तथा मेधावी चेपाङ छात्रछात्राहरुलाई १ देखि १२ कक्षा सम्म निशुल्क रुपमा आवासीय सुविधा सहित पहिलो चरणमा २० जना बालबालिकाहरुलाई शिक्षा सेवा प्रदान गर्ने सुझावलाई गम्भीर रुपमा लिएकोले संस्था सो अभियानमा जुट्ने कुरा बताउनुभयो ।


लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि टु नेपालका प्रथम भाइस गभर्नर राम प्रसाद भट्टले चेपाङ समुदायलाई राज्यले होस वा अन्य संघसंस्थाले होस् अब आत्मनिर्भर र समुन्नत मार्ग तर्फ लैजान चेतना सहितको शिक्षा र प्राविधिक शीप हस्तान्तरण गरी उनीहरुको प्राग जीवनशैलीमा परिवर्तन ल्याउनु आजको अपरिहार्यता रहेको बताउनुभयो । आफुले उनीहरुलाई शिक्षा प्रदान गर्न ईच्छुक रहेको बारेमा बताउनुहुँदै सो का लागि नेपाल चेपाङ संघका केन्द्रिय उपाध्यक्ष विल बहादुर चेपाङलाई त्यसको लागि सोच तयार गरी खबर गर्न आग्रह गर्नुभएको थियो ।

क्लवका पूर्व कोषाध्यक्ष दिनेश कँडेलले आफ्ना दिवंगत हजुरबुवा तथा हजुरआमाको पूण्य स्मृतिमा सहयोग स्वरुप संस्थागत रुपमा हस्तान्तरण गरिएको थियो । व्यापार व्यवशाय गरेर भोलि कमाउँला र दीनदुखीको सेवा गरुँला भनेर कुर्नु भन्दा पनि अति विपन्न नियती बेहोर्दै जीवन यापन गरीरहेकाहरुलाई कमाउँदै र सहयोग गर्दै जाने आफ्नो लक्ष्य अनुरुप सो राहत सामाग्री वितरण गरिएको बताउनुभयो ।
गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मा र रफ्तारन्युज नेपालको विशेष पहलकदमीमा राहत सामाग्री वितरण गर्ने योजना अनुरुप लायन्स क्लव अफ चितवन राइनोसिटी गोरखाको विकट पहाडी भीरमा बस्ने चेपाङ समुदायलाई राहत वितरण गरी दीपावली पर्वलाई गरीवको घर सम्म उल्लास भित्र्याउन आउने सम्पुर्ण लायन्सहरु प्रति संघका केन्द्रिय उपाध्यक्ष चेपाङले हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय