BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

लुम्बिनी प्रदेशसभाको आज बुधबार २७ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको विशेष अधिवेशन बहिस्कार गर्न सक्ने एमालेको सङ्केत छ ।

सत्तारुढ दल नेकपा एमालेले अधिवेशनको वैधताबारे प्रश्न उठाउँदै अवरोध गर्न सक्ने सङ्केत देखिएको हाे ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले  त्यस्तो सङ्केत देखाएका छन ।

विशेष अधिवेशन चल्न दिने/नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको उनले बताए । प्रदेश प्रमुख र प्रदेशसभाले विधि र प्रक्रिया विपरीत संसद अधिवेशन आह्वान गरेको बताउँदै ढकालले आजको बैठक चल्ने नचल्ने बारे केही भन्न नसकिने अवस्थामा रहेको बताए ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक ढकालले आजको संसद बहिस्कार हुनसक्ने सङ्केत गर्दै भने, ‘अहिलेसम्म कार्य परामर्श समितिको बैठक बसेको छैन, हामीलाई कुनै जानकारी गराइएको पनि छैन । के हुने हो पछि थाहा हुने छ ।ʼ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय