डा .बिष्णु शर्मा नेपाल

हाल लंडन
उर्जा र जलश्रोत क्षेत्र सांचिकै अगाडि बढेको देख्न चाहने हो भने र कुलमानको वास्तविक क्षमता हेर्नै नै हो भने भने देउवा/प्रचण्डले गर्नुपर्ने काम –
कुलमानलाई कि उर्जा मन्तृ वा राज्यमन्त्री बनाऊ। ६ महिना भएपनि बनाऊ र हेर, गरे हेरौंला नगरे नि केहि डुब्ने वाला छैन। मेरो विचारमा कुलमान जस्तो एउटा सफल टेक्नोक्र्याटले आफ्नै पूर्बसहकर्मी मात्र नभै एउटा ईमान्दार र टेक्निकली कम्पिटेन्ट एमडिलाई गलहत्याएर त्यहि पदमा आफू जान खोज्नु कदापी सुहांउदैन। बिध्युतका अरु पद नभेटे बरु प्रचण्डले उनलाई मेलम्चीको काम जिम्मा लगाए हुन्छ, अबको ६-८ महिनामा काठमाण्डुमा पानी खसाल्ने जिम्मा देऊ। हुनत उनकै बुहारी मन्त्री भएर आउने होला, त्यहाँ पुरानो हिसाब किताब पनि बांकी छ होला। होइन भने, बिध्युत उत्पादन कम्पनी वा नभए HIDCl जस्तो ठांउमा लगे पनि भयो, कौन्सा अनुभबी मान्छे छन र त्यहाँ, सबैलाई बटुल्नै पठाइएको जस्तो देखिन्छ यसो हेर्दा। पैसो बटुल्न नसक्नेले नेपालमा यस्ता नियुक्ती पाउलान, त्यो पनि दोहोर्याएर, म यस्तो भ्रम त पाल्दै पाल्दिन तर जस्ले सक्छ त्यसले नै गर्ने हो, यसैगरी चलेकै छन उनीहरु, सबैजना काम नगरी बस्ने कुरो पनि भएन, सबैजना बिदेश जाने कुरा पनि संभब भएन, कतिसम्म सहने भन्ने मात्रै कुरा हो। खुट्टो उचाल्नेले गर्न सक्ने भएर नै उचालेका होलान भनम, अहिलेलाई। बटुल्न सक्नेलाई मेलम्ची पनि केहि कम छैन। अहिले त झन जति लाग्छ भनिदिए पनि हुने बेला हो यो। ६-८ महिनामा काम फत्ते गर्न भने जो कोहिले सक्दैनन, कुलमानजस्तै खट्ने मान्छे चाहिन्छ। हालै गरिएका डिजी परिबर्तनले राम्रो संकेत त दिएकै छैन, तर यहि गर्ने त हुन यिनले, चुनाब आएको छ – मन्त्री भएको छ, के हेरेर बस्ने त, हैन?
प्राधिकरणमा पनि गर्न खोज्या त्यही हो, क्लियर छ बुझ्नेलाई। यदि होइन र सांचिकै जनताको काम गर्न चाहेको हो भने… ल त २५ मध्येको एकथान मन्त्री देऊ त कुलमानलाई, अनि हेरम्ला। यसो हेर्दा स्वप्रचारमा भारुरामलाई नि उछिन्ने कुलमानले अहिलेसम्म लिएको उचाई अब यस्तै नियुक्तीका पछि लागे भने स्वाट्ट झर्ने चाहिँ निश्चित छ। कसैले मलाई त्यही पद चाहिन्छ भन्छ भने त्यहाँ केही रहस्य हुन्छ नै। फेरि, संधैभरि टाकुरामा को नै बस्न सक्छ र, त्यो पनि ख्याल गरे हुने। एउटा कुरा फेरि प्रुभ भएको छ, नेपालमा सरकारी नियुक्तिको लागि ईमान्दारहरुको काम छैन – १,२,३ छैन। केही गर्छु भनेर बिदेश वा स्वदेशको हुंदा न खांदाको जागिर छोडेर कोहि नजावोस, नेताको पछि नलावोस, यिनले फंसाउछन है फंसाउछन। निंहु खोजे अख्तियार पुर्याइदिन्छन, डन लाइदिन्छन, टेन्सन नै टेन्सन छ भन्या, पोस्ट पाएपनि खानलाई। कि त महाबिर नै हुनुपर्यो जसरी जहिले कसैलाई मतलब नगरी भिडिराख्ने। नत्र त, कि परिबार नै छोडेर ज्यानै फालेर डन भएर हिंड्न पर्यो, त्यो धेरैले सक्दैनन….धेरैले गर्ने भन्या चुप लाग्ने रमिता हेर्ने नै हो, अरु के नै उपाय छ र। देशको माया त सबैलाई छ नै, तर क्यार्नु र डांकै डांकाले सिद्द्याउने भए र पो त 🙂 ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय