BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

नेकपा (एमाले) नेता गोकर्ण विष्टले कुनै पनि हालतमा पार्टी एकता जोगाउनु पर्ने बताएका छन्।

शनिबार एमाले दोस्रो तहका नेताको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता विष्टले पार्टी एकता जोगाउने विषयमै सबैले जोड दिएको बताए। यसअघि एमालेले बनाएको कार्यदलका सदस्यहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेका थिए।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। त्यसअघि सहमतिको प्रयास गर्न छलफलमा जुटेका दोस्रो तहका नेताले अब विवाद टुंग्याउनुपर्ने निष्कर्ष निकालेको उनले बताए।

“कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनु पर्छ,” नेता विष्टले भने, “त्यसका लागि अझै प्रयत्न गर्ने, बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने विषयमा छलफल गरेका छौं।”

आन्तरिक विवाद जति लम्बियो, त्यति नै धेरै पार्टी क्षति हुने उनको भनाइ थियो। “अब छोटो अवधिमै विवाद टुंग्याएर जानुपर्छ, अब ढिला गर्नुको अर्थ पार्टीलाई थप क्षति पुर्‍याउनु हुन्छ,” उनले भने।

छलफलमा अध्यक्ष ओली पक्षबाट भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय