BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

भारतमा सुरक्षाकर्मी र सर्वसाधारणबीच भएको दोहोरो झडपमा परेर असम राज्यका छ प्रहरीको मृत्यु भएको छ ।

भारतको असम र मिजोरम राज्यको सिमानामा भड्किएको दङ्गामा परेर उक्त मानवीय क्षति भएको हो । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले सीमा क्षेत्रमा विवादपछि झडप हुँदा घटना भएको पुष्टि गरे ।

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त जानकारी दिएका हुन् । ‘हाम्रा छ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ,’ उनले भनेका छन् ।

उनका अनुसार सोमबार असाम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको थियो । उक्त झडपमा फायरिङसमेत भएको विभिन्न सञ्चारमाध्यामले जनाएका छन् ।

यो घटनालाई लिए असमका मुख्यमन्त्री शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथङ्गाबीच सामाजिक सञ्जालमा विवाद बढेको छ । केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुवै राज्यका मुख्यमन्त्रीलाई त्यहाँ शान्ति स्थापनाको सुनिश्चित गर्न आग्रह गरेका छन् । तर मुख्यमन्त्री शर्मा र जोरामथङ्गाले झडप भएको सीमा क्षेत्रमा केन्द्र सरकारले नै हस्तक्षेप गर्नुपर्ने बताउँदै आएका छन् ।

मिजोरम राज्यको दुई छिमेकी राज्य असम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ । पछिल्ला दिनमा तनाव र झडप बढ्दै गइरहेको छ । दुई राज्बीचको सीमा विवाद अझै नटुङ्गिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय