काठमाडौं, साउन १२। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् । यो सङ्ख्या दुुई लाख दुुई हजार १०८ ले कमी हो ।
विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको सङ्ख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपालीको सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमी भएको छ । गोरखापत्र दैनिकबाट