BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

दुई महिनासम्म जारी निषधाज्ञा हटाइए पनि प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा भने अझै पनि कोरोना जोखिम घटेको छैन ।

निषेधाज्ञा हट्यो भन्दै खुला रूपमा चहलपहल बढ्दै जान थालेसँगै कोरोना सङ्क्रमित पनि दैनिक रूपमा देखा परिरहेका छन् । आइतबार जिल्लामा २३ जना नयाँ सङ्क्रमित थप भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय १० पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

सूचना अधिकारी बुढाथोकी भन्छन्, ‘भोजपुरमा परीक्षणका लागि आउनेमा दैनिकजसो नै सङ्क्रमित भेटिएका छन्, परीक्षणको दायरा बढाउने हो भने सङ्ख्या अझै बढ्न सक्छ ।’

जिल्लाको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमितको सङ्ख्या अहिले सदरमुकाम रहेको भोजपुर नगरपालिकामा बढी छ । जहाँ अहिलेसम्म २ सय ९२ जना सङ्क्रमित देखिएका छन् । अहिलेसम्म हतुवागढी गाउँपालिका १ सय ९२ जना, साल्पासिलिंछो गाउँपालिकामा १ सय ७७ जना,  रामप्रसाद राई गाउँपालिकामा १ सय ६२ जना, अरुण गाउँपालिका १ सय ५९ जना, टेम्केमैयुङ गाउँपालिकामा १ सय २६ जना, षडानन्द नगरपालिकामा १ सय २२ जना, आमचोक गाउँपालिका ४८, र पौवादुङमा गाउँपालिकामा ३२ जना कोरोनाका सङ्क्रमित भेटिएको सूचना अधिकारी बुढाथोकीले बताए ।

कार्यालयका अनुसार हालसम्म १ हजार ९८ जना सङ्क्रमित निको भएका छन् भने ८ जनाको उपचारका क्रममा ज्यान गएको छ । भोजपुरमा हाल पिसिआर परीक्षणभन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आइरहेको छ ।

दोस्रो लहरको कोभिड १९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन्ट परीक्षण विधिवाट ४ हजार २ सय २२ जनाको परीक्षण गरिएकोमा १ हजार २ सय ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल १ सय ७३ जना सक्रिय सङ्क्रमित छन् । जिल्लाबाहिर ३६ जनालाई उपचारको लागि पठाइएको छ । स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा पछिल्लो समयमा आएर उल्लंघन हुन थालेपछि गएको साउन १ गतेबाट शैक्षिक संस्था र भिडभाड हुने कार्यक्रमबाहेक सबै क्षेत्र खुला गरिएको थियो ।

जिल्लमा जारी निषेधज्ञा एकै पटक हटाइएका कारण जोखिम फेरि बढ्ने सम्भावना देखिएको स्थानीय सञ्जीव कार्की बताउँछन् । उनले भने, ‘केहीलाई निषेधाज्ञामा हिँड्न नपाउँदा दुःख लागेको थियो, तर अब जोखिम बढ्यो भने त्यस्ताले झन् दुःख पाउँछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय