BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

इटालियन क्लब एसी मिलानले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा मोडेनामाथि फराकिलो जित निकालेको छ । शनिबार राति इटालीको दोस्रो डिभिजन क्लब मोडेनामाथि मिलानले ५–० गोलअन्तरको फराकिलो जित निकालेको हो ।

मिलानको मैदानमा भएको उक्त खेलमा घरेलु टिमलाई जिताउन ब्राहिम डियाज, राफेल लियो, फिकायो टोमोरी, रेड क्रुनिक र थियो हर्नान्डेजले एक–एक गोल गरे ।

मिलानले पहिलो हाफभित्रै पाँच गोल गरेको थियो । दोस्रो हाफको खेलमा भने दुवै टिम गोलविहीन बने ।

मिलानले सिरी ‘ए’को तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा मिलानले ६–० गोलको जित निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय