BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

रत्ननगर,साउन ९
पक्षाघातबाट ग्रसित नेपाली कांग्रेस साबिक क्षेत्र नम्बर २ चितवनकी महाधिवेशन प्रतिनिधि सुबर्ण बि.क लाई आर्थिक सहयोग गरिएको छ । विगत तिन बर्षदेखी पक्षाघातबाट ग्रसीत सुबर्णलाई समाजसेवी एवम् कांग्रेसका युवा नेता प्रलाद सापकोटाले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

सफल ब्यवसायिको रुपमा समेत परिचित सापकोटाले रत्ननगर ९ स्थित उनकै निवासमा पुगेर सहयोग हस्तान्तरण गर्दै आर्थिक रूपमा केहि सहज होस् र सान्त्वना मिलोस भनेर सहयोग गरेको बताए । उनले शारीरिक कमजोरी र आर्थिक अभावले झनै पिरोलीएकी बिक लाई सहयोगले थोरै भए पनि राहत हुने विश्वास ब्यक्त गरे ।             

नेपाली काङ्ग्रेस वडा नम्बर ९ का सभापति भुपेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा पुर्ब क्षेत्रीय सभापति माधब अर्याल ,वडा नम्बर ९ का पुर्ब वडा सभापति मणि खतिवडा ,तरुण दल पुर्ब वडा अध्यक्ष रेसम पुरी ,नेपाली कांग्रेस का युवा नेता अनन्त अधिकारी ,पुष्प पौडेल लगाएत स्थानीयको उपस्थिति रहेको थियो भने कांग्रेस वडा सचीव अमृत मल्लले कार्यक्रम संचालन गरेका थिए । यस अघि पनि समस्यामा परेकालाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएका सापकोटा नेपाली काङ्ग्रेस चितवनका कार्य समिति सदस्य एवम् तरुण बिभाग संयोजक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय