BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

मौसमी प्रणालीमा आएको फेरबदलका कारण मुलुकका तीनवटा प्रदेशमा आज (शुक्रबार) भीषण वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षा हुने जनाएको छ ।

मौसममा सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशमा वर्षाका कारण भूक्षय, डुबान, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । ठूलो वर्षा हुने स्थानमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।

वर्षाका कारण नदी नाला र खहरे खोलामा जलसतह बढ्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको हो । देशभर सामान्यदेखि पूर्ण बदली रही बिहानैदेखि कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय